काठमाडौँ । विश्वकप छनोट अन्तर्गत अफगानिस्तानविरुद्ध खेलिरहेको नेपालले ५० रन पूरा गरेको छ। १४.२ ओभरमा १ विकेट गुमाएर नेपालले ५० रन पूरा गरेको हो।
कप्तान पारस खड्का ३१ रन बनाएर खेलिरहेका छन् भने ज्ञानेन्द्र मल्ले १२ रन बनाएर उनलाई साथ दिइरहेका छन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अनिलकुमार साहलाई ७ रनमा गुमाएको थियो। मुजिब युर रेहमानले उनलाई एलबिडब्लुको धरापमा पारेका थिए।
नेपाल र अफगानिस्तान सामू सुपरसिक्समा प्रवेश पाउन जित्नैपर्ने दबाब छ। समूहका शीर्ष तीन टोलीले सुपरसिक्समा स्थान बनाउँदै विश्वकपको यात्रा तय गर्ने भएकाले दुबै टोली जितका लागि मैदान उत्रिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
