लाशको पोष्टमार्टम गर्न लाग्दा अचानक आएको आवाजले खुल्यो यस्तो रहस्य

अस्पतालमा पोष्मार्टमका लागि ल्याइएको लाशलाई चिर्नको लागि डाक्टरले चिन्ह लगाइसकेका थिए । लाशलाई चिर्न ठिक्क परेका बेला अचानक आवाज आयो।

डाक्टरहरुले आवाज आएपछि त्यो आवाज कहाँबाट आयो भनेर खोज्दै जाँदा पोष्टमार्टम गर्न लागेको लाश भनिएका व्यक्ति जीवितै भएको रहस्य खुलेको छ।

Advertisement

घटना स्पेनमा भएको हो । यहाँको ओडिवो शहरको इन्ष्टिच्युट अफ लिगल मेडिसिनमा एक युवकको लाश पोष्टमार्टमको लागि ल्याइएको थियो । शरीरलाई पोष्टमार्टमको लागि चिर्नै लाग्दा अचानक लाशले घुरेको आवाज आयो।

आवाज सुनेपछि डाक्टर झस्किए र उनीहरुले शरीर जाँच गर्दा ती युवक जीवितै भएको रहस्य खुलेको छ । पोष्टमार्टमका लागि ल्याइएका ती व्यक्तिको नाम गोन्जालो मोटोला जिमेनेज हो।

स्पेनको टेलिभिजन च्यानल टेलिसिन्कोका अनुसार ती व्यक्ति जेलमा सजाय भोगिरहेका कैदी हुन् । ती युवालाई जेलमै बिहान उठाउने धेरै प्रयास गर्दा उनी नउठेपछि जेल प्रशासनले डाक्टरलाई खबर गरेको थियो।

डाक्टरले पनि उनलाई मृत सम्झेर पोष्टमार्टमका लागि पठाएका थिए । गोंजालो जीवितै रहेको थाहा पाएपछि उनलाई उपचारको लागि पठाइएको छ।

More News last news
Loading...