एजेन्सी । अमेरिकाको कन्सासमा २० वर्षीया एक युवति छन्, दनेशा। उनको बारेमा थाहा पाउनेहरु दंग पर्छन्। कन्सासकी दनेशा केही महिनाअघि मात्रै छैटौँ सन्तानकी आमा बनेकी छन्।
दनेशा काउचा नामकी ती युवतिले २६ महिनामै ६ बच्चा जन्माएकी हुन् । उनले २६ महिनाको अवधिमा ३ पटक गर्भवती भएर बच्चा जन्माइन् र ३ पटक नै जुम्ल्याहा बच्चा जन्माइन्।
पहिलोपटक सन् २०१४ को अप्रिलमा जुम्ल्याहा छोराहरु जन्माएकी उनले सन् २०१५ को २९ मे मा दोस्रो पटक जुम्ल्याहा छोरी पाइन् । दनेशाले गत जुन महिनामा फेरि जुम्ल्याहा छोरी जन्माईन्। यसरी २६ महिनाको अवधिमा ६ जना बच्चा जन्माएकी दनेशा चासोको पात्र बनेकी छन्।
उनलाई र उनका सन्तानलाई अवलोकन गर्न आउनेहरुको भीड नै लाग्ने गर्छ। उनको कोखबाट पहिलोपटक जन्मिएका जुम्ल्याहामध्ये एक छोराको भने मृत्यु भइसकेको छ।
अहिले उनको साथमा १ छोरा र पाँच छोरी जिवित नै छन्। दनेशाको प्रजनन क्षमता देखेर डाक्टरहरु पनि अचम्म भएको बताउँछन्। साथै उनले अरु सन्तान पनि जुम्ल्याहा जन्माउनसक्ने डाक्टरहरुको अनुमान छ।
तपाईलाई धेरै रिस उठ्छ ? होसियार है यस्तो हुन सक्छ !
भन्ने गरिन्छ कि रिसले आफैलाई खान्छ, बुद्दिले अरुलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स-साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।
अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको खबर छ । अब तपाई पनि विचार गर्नुहोस् ।
आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको भेटाएको छ ।
रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउँछन , जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन्।
रिसाहा मानिसको सरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ ।
धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ । धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ् अनुसन्धानले देखाएको छ ।
बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुने अनुसन्धानले देखाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
