जिन्स प्यान्टको दाहिनेपट्टीको सानो खल्तीको प्रयोग आश्चर्यजनक !

एजेन्सी । जिन्स प्यान्टमा दाहिने खल्तीमाथि एउटा सानो खल्ती हुने गर्छ। त्यो खल्तीको बारेमा याद भएतापनि धेरैजसोले त्यो खल्तीको प्रयोग गरिदैन।

सन् १८०० ताका, ‘काउब्वाइ’हरूले आफ्नो घडीलाई चेनमा बाँधेर आसकोटभित्र राख्ने गर्दथे। यसरी आसकोटभित्र राख्दा सजिलैसित घडी हराउने अथवा बिग्रने गर्दथ्यो। यहि कारणले गर्दा नै ‘लिभाइ स्ट्रस’ ले प्यान्टको खल्ती नजिकै सानो खल्ती बनाएका थिए, जहाँ घडीलाई सुरक्षित राख्न सकिन्थ्यो।

Advertisement

अहिले पछिल्लो समयमा उक्त खल्तीमा गितार बजाउनेहरू अधिकांशले ‘गितारको पिक’ राख्ने गरेको पाइन्छ। त्यस्तै, कतीले त्यो खल्तीलाई पेन ड्राइभ राख्न प्रयोग गर्छन् भने कतिले कण्डम खल्ती समेत नाम दिन्छन्।

त्यस्तै साना र मसिना वस्तु राख्नको लागि त्यो खल्ती प्रयोगमा आउन सक्छ। तर धेरैजसोले भने उक्त खल्तीको प्रयोग गर्ने गरेको पाइंदैन।

More News last news
Loading...