शुक्रबार र शनिबार नेपाल बन्द छैन : विप्लव नेतृत्वको नेकपा

काठमाडौँ । शुक्रबार र शनिबार कुनै बन्दको कार्यक्रम नभएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रष्ट पारेको छ।

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले आफ्नो पार्टीले कुनै पनि बन्दको कार्यक्रम नराखेको बताउँदै आफ्नो पार्टीका नाममा कसैले बन्दको हल्ला चलाएको बताए।

Advertisement

शुक्रबार र शनिबार विप्लव नेतृत्वको नेकपाले बन्दको अह्वान गरिएको हल्लापछि नेकपाले आफ्नो पार्टीले बन्दका कुनै कार्यक्रम नराखेको स्पष्टोक्ति दिएको हो।

प्रहरीले बिहीबार बन्दको हल्ला चलाउँदै हिँडेको आरोपमा केही माओवादीका पूर्वलडाकुहरुलाई नियन्त्रणमा लिएको छ।

More News last news
Loading...