मुम्बइ। शगुफ्ता रफीक बलिउडको पर्दापछाडिको त्यो नाम हो जसलाई निकै कमले चिनेका छन् । तर, बलिउडमा उनको योगदान निकै ठूलो छ । ‘आशिकी २’ जस्तो सफल फिल्मी लेखिका शगुफ्ता १७ वर्षको उमेरमा बाध्यताका कारण यौनकर्मी बनेकी थिइन् । यो कुराको खुलासा स्वयं शगुफ्ताले एक अन्तरवार्तामा गरेकी थिइन् ।
उनका अनुसार उनी साढे १७ वर्षको उमेरमा यौनकर्मी बनेकी थिइन् । एक अञ्जान व्यक्तिको अगाडि आफ्नो कुमारित्व गुमाउनु निकै दर्दनाक हुने बताउँदै उनले भनिन् ‘२७ वर्षको उमेरसम्म म एक पुरुषबाट अर्को पुरुसकहाँ गइरहें।
मेरी आमालाई थाहा थियो मैले त्यतिबेला वेश्यावृत्ति गर्थें ।’ शगुफ्तालाई आफूलाई जन्म दिने आमाबारे केही जानकारी छैन । उनले आफूलाई पाल्ने आमा अनवरी बेगमलाई नै आमाको रुपमा पाएकी थिइन् ।
शगुफ्ताका अनुसार उनको जन्मको बारेमा तीन कुरा चर्चामा थिए । कोही उनलाई त्यतिबेलाका चर्चित निर्देशक बृज सदानाकी पत्नी, जो स्वयं चर्चित हिरोइन थिइन्, सइदा खानकी छोरी भन्थे ।
केहीले भने कुनै धनी व्यक्तिसँग सम्बन्ध बनाएकी कुनै महिलाले उनलाई जन्माएपछि त्यसै छाडेर गएको बताउँथे । केहीले भने उनका जन्म दिने मातापिता निकै गरिब भएको र उनलाई जन्माएर फालिदिएको बताउँथे । तर आफ्नी आमाको बारेमा आफूलाई कहिल्यै जानकारी नभएको शगुफ्ता बताउँछिन् ।
शगुफ्तालाई सानोमा धेरै घृणा सहनुपर्यो । उनी आफूसँग जनावरजस्तो व्यवहार गरिएको बताउँछिन् । मानिसहरुले आफूलाई घृणा गर्न थालेपछि उनी आफू पनि विस्तारै क्रुर बन्दै गएको बताउँछिन् । उनलाई पाल्ने आमा अनवरी बेगम सुरुमा सम्पन्न नै थिइन् तर पछि खान समेत नपाउने अवस्था आयो ।
अनवरीले आफ्ना भएका गहना भाँडाकुँदा समेत बेचेको देखेपछि शगुफ्ताले कत्थक सिकिन् र पार्टीमा नाच्न थालिन् । त्यतिबेला उनी १२ वर्षकी थिइन् । यी पार्टीमा ठूलाबडा व्यक्तिहरु आफ्ना रखेल र कलगर्लसँग आउँथे ।
१७ वर्षको उमेरसम्म शगुफ्ताले नाच्ने काम गरिन् । तर यतिबेला उनीमाथि आँखा लगाउनेहरु प्रशस्तै भइसकेका थिए । यही कारण उनी वेश्यावृत्तिमा तानिइन् । २७ वर्षको उमेरसम्म उनी वेश्यावृत्तिमै रहिन् । सन् २००२ मा उनले निर्देशक महेश भट्टसँग फिल्म लेख्ने बताएकी थिइन् ।
सुरुमा उनले कलयुग फिल्मको दुई दृश्य लेख्ने मौका पाइन् । त्यसपछि उनले आवारापन, राज २, जिस्म २, मर्डर २, राज ३, आशिकी २ जस्ता फिल्मको कथा लेखिन् । उनलाई फिल्म लेखनमा महेश भट्टले ल्याएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
