विश्वकप क्रिकेट छनोटः नेपालले पुर्यायो पचास रन

काठमाडौँ । आइसीसी विश्वकप छनौट अन्तर्गत नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।

विश्वकप छनौट अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक जिम्बाबेसँग पराजित भएर आज दोस्रो खेल खेल्दै छ भने स्कटल्याण्डले यसअघि खेलेका दुवै खेल जितेको छ । स्कटल्याण्डले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो ।

Advertisement

खराब शुरुवात गरेको नेपालले १४ ओभरमा ५ विकेट गुमाएर ५० रन पूरा गरेको हो । ५० रन बनाउन कप्तान पारस खड्काले ४० रनको योगदान गरेका छन् । क्रिजमा पारस र सोमपाल कामी छन् ।

यसअघि, दिलिप नाथले ४ तथा ज्ञानेन्द्र मल्ल र आरिफ शेखको एक एक रन बनाए । शरद भेषावकरले रनको खातै खोल्न सकेनन् ।

More News last news
Loading...