नेपाली क्रिकेटर सन्दीप लामिछाने डेढ करोडमा बर्मिङ्घममा अनुबन्ध

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता पनि खेल्ने भएका छन्।

बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका हुन्। इंग्ल्याण्ड र वेल्समा आयोजना हुने यस प्रतियोगिताका लागि बर्मिङ्घमले सन्दीपलाई १ लाख पाउण्ड अर्थात् १ करोड ४६ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो।

Advertisement

यो सन्दीपको अहिलेसम्मकै उच्च मूल्य पनि हो। सन्दीप बुधबार मात्र टी १० लिगका लागि कर्नाटका टसकसमा अनुबन्ध भएका थिए।

एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाइदेखि १६ अगस्टसम्म आयोजना हुनेछ। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ।

More News last news
Loading...