अञ्जन चम्किदा नेपाल विजयी, चाइनिज ताइपेले खायो २ गोल

काठमाडौँ । नेपालले विश्वकप फुटबल छनोटको दोस्रो चरणमा चाइनिज ताइपेविरुद्ध जीत हासिल गरेको छ।

ताइपे रंगशालामा भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेलाई २–० गोलअन्तरले पराजित गरेको हो। नेपालको जीतमा दुबै गोल अञ्जन विष्टले गरे।

Advertisement

खेलको चौथो मिनेटमा नै अग्रता दिलाएका विष्टले दोस्रो गोल ६२ औं मिनेटमा गरे। योसँगै समूह बी मा रहेको नेपालले दुई खेलबाट तीन अंक बटुल्न सफल भएको छ।

नेपालले यसअघि खेलको आफ्नो पहिलो खेलमा भने कुवेतसँग ७–० गोलको हार ब्यहोरेको थियो।

More News last news
Loading...