सिंगापुरसँग नेपाल पराजित : टी-२० विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौँ । नेपाल आईसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिंगापुरसँग ८२ रनले पराजित भएको छ। हारसँगै नेपालको ट्वान्टी–२० विश्वकप सपना यो संस्करणका लागि समाप्त भएको छ।

आईसीसी वरीयतामा ११ औं स्थानमा रहेको नेपाल सिंगापुर प्रस्थान गर्नुअघि उपाधिको प्रमुख दावेदार थियो। तर पहिलो खेलमै २१ औं वरीयताको कतारसँग पराजित भएपछि नेपाली टोली नराम्रोसँग झस्कियो।

Advertisement

त्यसपछिका बाँकी २ खेलमा ३५ औं वरीयताको मलेसिया र २८ औं वरीयताको कुवेतलाई नेपालले सजिलै हरायो। घरेलु टोली सिंगापुरविरुद्धको खेलमा पराजित भएपछि नेपाली टिमका लागि यो संकरणको टी-२० विश्वकप खेल्ने सपना अपूरै रह्यो

आइतबार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।

१९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए ।

उपकप्तान मल्ल दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । त्यसपछि नेपाल सम्हालिनै सकेन । एकपछि अर्को विकेट गुमाइरहृयो ।

निकै दबावमा आएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको जोडी अन्तिम आशा थियो । दुबैले सातौं विकेटका लागि ३१ रनको साझेदारी पनि गरिसकेका थिए तर, १३.२ ओभरमा सोमपाल रनआउट हुन पुगे । दुई ब्याट्सम्यानबीच कम्युनिकेशन ग्याप हुँदा सोमपाल रनआउट हुन पुगेका थिए।

यससँगै सिंगापुर जिततर्फ उन्मुख भयो । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे। अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सिंगापुरका सेलेडोर भिजयकुमारले चार विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो।

More News last news
Loading...