एसियाली छनोट प्रतियोगिताको पहिलो खेल : नेपाल कतारसँग ४ विकेटले पराजित

काठमाडौँ । आईसीसी टी–२० विश्वक्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले स्तब्ध बनेको छ । छनौटमा वरियाताको आधारमा नेपाल सबैभन्दा बलियो टोली हो । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।

कतारलाई जीत दिलाउन इनमाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए भने कमरान खानले २२ रन बनाए। त्यस्तै, नोउमान सरवारले नटआउट रहँदै १५ रन बनाएर टोलीलाई लक्ष्यसम्म पुर्याए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए।

Advertisement

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो। नेपालका लागि ओपनरद्वय कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले उत्कृष्ट शुरुवात दिलाए पनि मध्यक्रम चल्न नसक्दा सस्तोमै समेटिएको थियो।

More News last news
Loading...