आयोजक राष्ट्र ब्राजिलले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

काठमाडौं । आयोजक राष्ट्र ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ।

आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको हो। १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो।

Advertisement

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे। यता, पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए।

खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए। तर खेलको ४४औं मिनेटमा पेरुले गोल फर्काउन सफल भयो। पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १-१ गोलको बराबरी दिलाएका थिए । खेलको पहिलो हाफमै ब्राजिलले अग्रता बनाउन सफल भयो। पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २-१ गोलको अग्रता दिलाए।

खेलको ७० औ मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुग्यो। जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। २-१ गोलअन्तरले अघि रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो। यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३-१ गोलको जित दिलाए।

More News last news
Loading...