कोपा अमेरिकाको उपाधीका लागि ब्राजिल र पेरु भिड्ने

काठमाडौं । कोपा अमेरिका – २०१९ को उपाधीका लागि आज राती नेपाली समयअनुसार १ः४५ बजे आयोजक ब्राजिल र पेरु भिड्दैछन् ।

पेरूले सेमिफाइनलमा लगातार दुईपटकको च्याम्पियन चिलीलाई ३–० ले हराउँदै चार दशकपछि फाइनलमा स्थान बनाएको हो । भने ब्राजिलले उपाधि दाबेदार मानिएको अर्जेन्टिना लाई २–० ले स्तब्ध बनाउँदै फाइनलमा प्रवेश गरेको हो । पेरुका कोच रिकार्डो गारेसाले आफ्नो टिमलाई यस दशककै महत्वपूर्ण खेलमा घरेलु टोली ब्राजिलविरुद्ध उतार्नेछन् ।

Advertisement

यही बीचमा अर्जेन्टिना र ब्राजिलबीच भएको सेमिफाइनलमा भिडियो असिस्टेन्ट रेफ्री प्रयोग गर्ने विषयको विवाद उत्कर्षमा छन् ।पेरुका यी कोचलाई भने यो विवादले फाइनल खेलमा कुनै प्रभाव पार्छ जस्तो लाग्दैन ।

‘यस्ता कुराहरुमा अड्कलबाजी गर्नु हाम्रो शैली होइन’ उनले खेलभन्दा एक दिनअघि प्रि म्याच प्रेस कन्फ्रेन्समा भने ‘हामी रेफ्रीको निर्णयमा विश्वास गर्छौं । सबैबाट गल्ती हुन्छ । तर म भिएआरको विषयमा चिन्तित छैन । भिएआर अझै सुधार हुनु पर्छ तर म फाइनलका लागि यसलाई लिएर चिन्तित छैन ।’

यो कोपा अमेरिकामा यसअघि नै समूह चरणमा पेरुको भेट ब्राजिलसँग भइसकेको छ जहाँ उसले ५–० ले हारेको थियो ।

More News last news
Loading...