काठमाडौँ । च्याम्पियन्स लिगको इतिहासमा बार्सिलोनाले ३३ वर्ष यताकै ठुलो हार व्यहोरेको छ । पहिलो लेगमा ३ गोलले पछि परेको लिभरपुल उत्कृष्ट ‘कमब्याक’ गर्दै फाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा बार्सिलोनालाई चार–शून्यले हराउँदै समग्रमा चार–तीन गोल अन्तरले लिभरपुल फाईनलमा प्रवेश गरेको हो। बार्सिलोना १९८६ पछि युरोपियन प्रतियोगितामा यति ठूलो हारपछि बाहिरिन बाध्य भएको यो पहिलो पटक हो।
लिभरपुलका मुख्य खेलाडी मोहम्मद सलाह र फेरमिन्हो खेलमा नहुँदा दबाबमा रहेर पनि जित निकाल्न सफल भएको हो। लिभरलका लागि ओरिगी र विग्नाल्डमले दुई–दुई गोल गरेका थिए।
ओरिगीले खेलको सातौं र ७९ औं मिनेटमा गोल गरेका थिए भने विग्नाल्डमले २ मिनेट भित्रमा २ गोल हानेका गरे। उनले खेलको ५४ औं र ५६ औं मिनेटमा गोल गरेका हुन्।
मेसी स्वारेजले गोल गर्न सकेनन्
बार्सिलोनाले आफ्नो होम ग्राउण्डमा लिभरपुललाई ३ शुन्यले हराएको थियो । लिभरपुलसँगको खेलमा मेसीले २ र स्वारेजले १ गोल गर्दै बार्सिलोनालाई जित दिलाएका थिए । त्यपछि बार्सिलोनाका चर्चित खेलाडीहरु मेसी र स्वारेजले कुनै गोल गर्न सकेका छैनन्। विश्वकै चर्चित गोल किपरले मंगलबार रातिको खेलमा ४ गोल खाएका छन्। च्याम्पियन्स खेलको इतिहाँसमै बार्सिलोनाको यो लज्जास्पद खेल हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
