काठमाडौँ । आईसीसी टी–२० वरीयतामा नेपालले फड्को मारेको छ। आईसीसीले आज शुक्रबार जारी गरेको नेपाल वरीयताको ११ औं स्थानमा रहेको छ। गत महिनाको वरीयतामा नेपाल १४ औं स्थानमा थियो।
११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २–१ ले जितेपछि नेपालको टी–२० वरियतामा सुधार भएको हो। नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ।
टी–२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ। उसको २८६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको २६२ अंक छ भने समान २६१ अंक रहेको इंग्ल्याण्ड र अस्ट्रेलिया क्रमश तेस्रो र चौथो स्थानमा छन् ।
पाँचौं स्थानमा रहेको भारतको २६० अंक रहेको छ भने न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका र वेस्टइन्डिज आठौं र नवौं स्थानमा छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
