काठमाडौँ । एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल तेस्रो खेलमा पनि पराजित भएको छ ।
मंगलबार भएको खेलमा घरेलु टोली म्यानमारसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
नेपालले जारी प्रतियोगितामा कुनै पनि खेलमा जीत हात पार्न सकेन्। म्यानमारको मन्डलाथिरी रंगशालामा नेपालले पहिलो हाफमा अग्रता लिए पनि उक्त अग्रता जोगाउन नसक्दा पराजित हुन बाध्य बन्यो।
नेपालका लागि मनीषा राउतले ३७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।तर दोस्रो हाफमा नेपाली टिमले २ गोल खान पुग्यो।
नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ र उज्बेकिस्तानसँग ४–० को हार बेहोरेको थियो । जारी प्रतियोगितामा नेपालले २ गोल गर्दा १७ गोल खान पुग्यो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
