काठमाडौँ । नेपालको १६ वर्षमुनिको क्रिकेट टोलीले हङकङलाई पराजित गर्दै एशियाको पूर्वी क्षेत्रको प्रतियोगिताको फाइनलमा पुगेको छ। थाइल्यान्डमा भइरहेको प्रतियोगितामा साबिकको विजेता नेपालले हङकङलाई चार विकेटले पराजित गरेको हो।
हङकङले ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएकोमा नेपालले २१.४ ओभरमा छ विकेट गुमाएर सो लक्ष्य प्राप्त गरेको छ। फाइनल खेल आइतवार हुनेछ।
थोरै रनको लक्ष्य पाएको नेपालले लगातार विकेट गुमाएपनि जित्न गार्हो परेन। सबैभन्दा बढी १७ रन आशिष भट्टराईले बनाएका थिए। रोहन दुधराज विश्वकर्माले १४ र क्रिस कार्कीले नट आउट १२ रन बनाए।
उता टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले राम्रो प्रदर्शन गर्न सकेन। पहिलो ओभरमै विकेट गुमाएपछि नेपालका बलरहरूले राम्रो बलिङ गरे।
कप्तान आरूष भागवतले नट आउट रहँदै ४३ रन बनाएपनि अरू कुनै खेलाडीले दुई अङ्कको रन सङ्ख्या टेक्न सकेनन्। नेपालका निखिलकुमार सिंहले चार विकेट लिए भने विशालकुमार पटेल र रमेश कुर्मीले दुई दुई विकेट लिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
