कोस्टाब्लाङ्का । स्पेनको कोस्टाब्लान्का स्थित ब्यापारिक तथा सामाजिक कार्य गर्नका लागि साथी एण्ड साथी ग्रुप नामक व्यावसायिक संस्था गठन गरिएको छ।
१२ जना ब्याबसायीहरु सम्मिलित उक्त व्यावसायिक संस्थामा रितेश श्रेष्ठ, सुरेश बज्राचार्य, दुर्गा भण्डारी, मनिष पोखरेल, दिपेश श्रेष्ठ, राजन थापा, मुकुन्द लामिछाने, सुरेन्द्र भुजेल, द्वारिका लामिछाने, रुद्र बहादुर खत्री, चक्र प्रसाद बेलबासे र हिमाल दाहाल रहेका छन्।
बिधिबत रुपमा दर्ता गरेर नै गठन भएको संस्थाले शुरुमा थोरै कोषको लगानीमा ब्यबसाय संचालन गर्ने र आगामी दिनमा बृहत लगानी सहितको ब्याबसाय स्पेन तथा नेपालमा समेत गर्ने लक्ष्य रहेको जनाइएको छ।
संस्थाले यस क्षेत्रमा गर्ने हरेक सामाजिक काममा भने कुनै पनि फाईदा नलिने बताएको छ। सस्थाले यस क्षेत्रमा रहेको नेपाली समुदायको हितमा बिभिन्न सामाजिक कार्य, तथा मनोरन्जनका प्रदान गर्नका लागि नेपाली चाड पर्बहरुमा बिभिन्न कार्यक्रमहरु गर्ने, नेपाली चलचित्रहरुको प्रदर्शंन गर्ने लगायतका कार्यहरु गर्नका लागि सस्थाकै मातहतमा रहने गरि बिशाल केसीको संयोजकत्वमा साथी एण्ड साथी इभेन्ट टिमको समेत निर्माण गरेको छ साथै सोही टिमले आगामी अप्रिल २२ तारिख सोमबारका नेपाली कथानक चलचित्र ‘साइली’ को प्रदर्शन गर्ने भएको छ।
चलचित्र सम्बन्धि थप विवरणका
मिति- अप्रिल २२ तारिख सोमबार
स्थान- Cine Colci Rincon
समय- बिहान ११ बजे
टिकट शुल्क:- १० युरो
सम्पर्क:- साथि एण्ड साथि इभेन्ट टिम
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
