आज यी ४ राशिको छ भाग्य बलियो, तपाईको कुन हो हेर्नुहोस्

वृषः– विरोधीको चहपहल बढ्नेछ । विवादको अन्त्य हुनेछ । मनोबल र कार्य क्षमता बढ्ने छ । आफ्नै पहलमा धेरै काम बन्ने छन् । नयाँ कामको प्रस्ताव आउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथीको सहयोगमा महत्व पूर्ण काम हुनेछन् । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । आम्दानी बढ्ला।

कन्याः– साहासिक काम हुनेछन् । निर्णय क्षमता बढ्नेछ । तर कुनै पनि कामको बारेमा निर्णय लिदा एकपटक सोचेर लिनुहोला । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । इष्टमित्र साथी भाईको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् ।

Advertisement

मकरः– सपना साकार हुने देखिन्छ। नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन्। गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी पनि बढ्नेछ। जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ।

कुम्भः– सकरात्मक सोचको विकास हुनेछ। विगतमा देखिएका समस्या विस्तारै समाधान हुनेछन् । विरोधी पनि शरणमा आउने बातावरण बन्ला। काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मान सम्मान पाईनेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला।

आज चैत्र १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल

More News last news
Loading...