महिला विश्वकप क्रिकेट छनोटमा नेपालद्वारा चीन पराजित

काठमाडौं । ‘आइसीसी’ महिला विश्वकप क्रिकेटको छनोट खेलमा नेपाल विजयी भएको छ ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा सोमवार भएको पाँचौ खेलमा नेपालले चिनलाई ५ रनले पराजित गरेको हो।

Advertisement

७७ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चिनको पारी निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा मात्र ७२ रनमा समेटिएको थियो।

चिनका लागि झाङग मेइले सर्वाधिक ३३ रन तथा झौले १८ रन जोडिन । नेपालका सिता राणामगरले ३ तथा कविता कुवरले १ विकेट लिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाइन । त्यस्तै उपकप्तान सिता राना मगरले ११ रन, बिन्दु रावलले १० रन, इन्दु बर्माले ८ तथा नेरी थापाले अविजित ७ रन जोडिन।

सरिता मगरले ६ रन बनाइन । चीनकी वाङ मेङ र हान लिलीले समान २-२ विकेट लिइन।

जितपछि नेपालले ५ खेलबाट ८ अंकको साथ तेस्रो स्थानमा छ। समान ८ अंक नै जोडेको संयुक्त अरब इमिरेट्स ‘युएई’ रन रेटको आधारमा अघि रहँदै अंक तालिकाको दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको थाइल्याण्डको १० अंक छ।

यसअघि भएको पहिलो खेलमा मलेसियालाई पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल थाइल्याण्डसँग पराजित भएको थियो।

त्यसपछिका बाँकी खेलमा भने नेपालले जित हात पार्दै आइरहेको छ। तेस्रो खेलमा युएईलाई तथा चौथो खेलमा हङकङलाई पराजित गरेको थियो।

More News last news
Loading...