काठमाडौं । दोस्रो टी–२० श्रृंखलाअन्तर्गत शुक्रबार दिउँसो हुने खेल नेपाललाई जित्नैपर्ने दबाब रहेको छ। श्रृंखलाअन्तर्गत बिहीबार भएको पहिलो खेल गुमाएको नेपाल आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ ।
तीन खेलको टी–२० शृङ्खला आफ्नो पक्षमा पार्न नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुनेछ।
पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय शृङ्खलामा कब्जा जमाउन सफल नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ।
आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने यूएईले जिते एक खेलअगावै शृङ्खला आफ्नो पक्षमा पार्नेछ । एक दिवसीय शृङ्खला गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृङ्खला जित्न गर या मरको अवस्था छ।
टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० शृङ्खला जित्न सकेको छैन । शृङ्खला जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
