एकैपटक खुल्यो सबै स्थानीय तहमा जागिर, यस्तो छ पक्रिया ? (सूचना र जानकारीसहित)

काठमाडौ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्ती गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहमा १र१ जना रोजगार संयोजक नियुक्तीको प्रकृया अघि बढाएको हो ।

१० हजार भन्दा कम जनसंख्या भएका ४८ स्थानीय तहमा नासु सरह र १० हजार भन्दा बढी जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी कायम गरिएको छ । रोजगारीको आवेदन गर्दा नासु र शाखा अधिकृत सरहको योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Advertisement

मन्त्रालयले एक वर्षको लागि अस्थायी पदपूर्ति गर्ने र प्रदेश अन्तर्गतका स्थानीय तहमा खटाउने तयारी गरेको हो । रोजगारीको लागि आवेदन दिन प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइटबाट pmep.gov.np अनलाईन आवेदन दिन सकिने छ । छनौट हुने कर्मचारीले स्थानीय तह रोजेर काम गर्न पाउने छन्। एक वर्षको लागि करारमा अस्थायी नियुक्ती गरिएपनि स्थानीय तहले त्यसलाई पछि निरन्तरता दिने मन्त्रालयले जनाएको छ ।

रोजगार संयोजकले स्थानीय तहमा रहेका बेरोजगार नागरिक, रोजगारदाता, रोजगारीका अवसर लगायतका तथ्याङ्क संकलन गर्नुका साथै बेरोजगार नागरिकलाई परिचयपत्र र भत्ता वितरण गर्ने, रोजगारीको लागि आवश्यक सीप परिक्षण तथा तालिमको लागि तालिम केन्द्रमा सिफारिश गर्ने र रोजगारीको अवसर सिर्जना हुँदा सम्बन्धित सीप भएको व्यक्तिलाई सूचना दिने लगायतका काम पनि रोजगार संयोजकले गर्नुपर्नेछ। 

थप जानकारीका लागि वेभसाईटमा जानुहोस् :

http://pmep.gov.np/

More News last news
Loading...