एसिया कप क्रिकेटको छनोट प्रतिस्पर्धामा सिंगापुरले नेपाललाई १ सय ५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ्ग रोजेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो।
नेपालका ललित नारायण राजवंशी र सन्दीप लामिछानेले तीन–तीन सोमपाल कामीले दुई पारस खड्का र बसन्त रेग्मीले एक–एक विकेट लिएका हुन् ।
सिंगापुरले सुरुको चार ओभरकै खेलमा तीन विकेट गुमाएको हो।
पहिलो खेलमा ओमान र दोस्रो खेलमा यूएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो।
नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा छ । नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
