विश्व च्याम्पियन फ्रान्स, क्रोसिया ४-२ ले पराजीत

काठमाडौं । रसियामा सम्पन्न विश्वकपको उपाधि फ्रान्सले उचालेको छ । क्रोएशिया र फ्रान्सबीचको खेलमा ४-२ ले विजयी हुँदै फ्रान्सले दोश्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो ।

सन् १९९८ मा आफ्नै घरेलु मैदानमा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकप उचालेको फ्रान्सले २० बर्षपछि विश्वकप उचाल्न सफल भयो । पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको क्रोएशिया र पूर्व विश्वविजेता फ्रान्सबीचको फाइनल खेल निक्कै नै रोमाञ्चक हुन पुग्यो।

Advertisement

पहिलो पटक विश्वकप जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको क्रोएशियाले घरेलु मैदानमा पहिलो पटक विश्वकप उचालेको फ्रान्सलाई आत्मघाती गोल उपहार दियो। फ्रिकिकबाट प्राप्त बललाई क्लियर गर्ने क्रममा म्यान्डुजुकिकले खेलको १८ औं मिनेटमा सो बल भूलवश आफ्नै पोस्टमा छिराइदिए।

यसरी आत्मघाती गोलले पछाडी परेको क्रोएशिया खेलको २८ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्कियो र आफ्नो विश्वकप सपनालाई जीवित राख्यो। खेलको ३९ औं मिनेटमा फ्रान्सका ग्रिजम्यानले निराश पारिदिए र खेललाई २-१ को नतिजामा पुर्‍याए।

खेलमा पोग्वाले फ्रान्सका लागि ५९ औं मिनेटमा गोल गर्दै विश्वकप सपनालाई ३-१ ले नजिक बनाए। उनको सो योगदानमा एमबाबेले ६५ औं मिनेटमा गोल गर्दै दोश्रो पटक विश्वविजेता बन्ने सपनालाई थप बलियो पारे । यसरी ४-१ ले पछाडी परेको । क्रोएशियाले खेलको ६९ औं मिनेटमा फ्रान्सविरूद्ध दोश्रो गोल त गर्‍यो तर नतिजा उल्टाउन नसक्दा फ्रान्स बिजयी भयो ।

More News last news
Loading...