विश्वकपको फाइनलमा फ्रान्स र क्रोसिया भिड्ने, यस्तो छ यी टिमको विश्वकप यात्रा !

काठमाडौँ । विश्वकप फुटबलको फाइनलमा फ्रान्स र क्रोसिया भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा क्रोसियाले इङल्याण्डलाई पराजित गरेपछि विश्वकपको फाइनलमा पुगेको छ ।

अब उपाधिका लागि आगामी आइतबार फ्रान्स र क्रोसिया भिड्ने भएका हुन् । क्रोसिया विश्वकपको फाइनलमा पहिलो पटक पुगेको छ भने फ्रान्स तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

Advertisement

फ्रान्स
फ्रान्स तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । यस अघि सन् १९९८ को विश्वकप विजेता फ्रान्स यस विश्वकपसहित १५ औ पटक विश्वकप खेलिरहेको छ । फ्रान्सले सन् १९९८ मा आयोजकको रुपमा विश्वकप जितेको थियो । त्यस बाहेक फ्रान्स २००६ मा फाइनलमा पुगेको थियो ।

त्यस्तै सन् १९५८, १९८२, १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै सन् १९३८ र २०१४ मा क्वाटरफाइनलमा पुगेर बाहिरिएको थियो । यस विश्वकपमा फ्रान्सले यस विश्वकपमा समुह चरणका तीन खेलमा २ मा जित र एक बराबरी गरेर नकआउट चरणमा पुगेको थियो । समुह चरणमा फ्रान्सले अस्ट्रेलियालाई २-१ ले र पेरुलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने डेनमार्कसँग बिना कुनै गोल बराबरी खेलेको थियो ।

नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४३ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । त्यसैगरी सेमिफाइनलमा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

फ्रान्सका लागि एन्टोनी ग्रिजम्यान र किलियन एम्बाप्पेले अहिलेसम्म ३३ गोल गरेका छन् भने साम्युअल उमटिटि, राफेल भेरान र बेन्जामिन पभार्डले एक एक गोल गरेका छन् ।

क्रोसिया
सन् १९९० सम्म युगोस्लाभियाको नामबाट खेलेको क्रोसिया त्यस यता यस पटक सहित पाचौ पटक विश्वकप खेलिरहेको छ । १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गर्नु नै अहिलेसम्म क्रोसियाको उत्कृष्ट प्रदर्शन हो ।

अन्य तीन विश्वकप खेलमा भने समुह चरणबाट नै बाहिरिएको थियो । यस विश्वकपमा क्रोसिया अपराजित हुदै सेमिफाइनलसम पुगेको छ । समुह चरणका खेलमा नाइजेरियालाई २-० ले, अर्जेन्टिनालाई ३-० ले र आइसल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै क्रोसिया नकआउट चरणमा पुगेको थियो ।

नकआउटचरणको पहिलो खेलमा क्रोसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३२ ले र क्वाटरफाइनलमा आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै यस विश्वकपको सेमिफाइनलमा पुगेको थियो । अब सेमिफाइनलमा इङल्याण्डलाई २-१ ले पराजित गर्दै पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

क्रोसियाका लागि लुका मोड्रीच, इभान पेरिसिक र मारियो माण्डजुरिकले २-२ गोल गरेका छन् । त्यस्तै आन्द्रेज क्रमरिक, एन्टे रेबिक, इभान राकिटिक, डोमागोज भिडा र मिलन बाडेजोले एक एक गोल गरेका छन् ।

More News last news
Loading...