काठमाडौं । दुई पटकको विश्वकप विजेता उरूग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
रसियामा सम्पन्न भएको खेलमा उरूग्वेलाई पराजित गरेसँगै सेमिफाइनल पुगेको छ भने हारसँगै उरूग्वेको यस संस्करणको विश्वकप यात्रा सकिएको छ। उरूग्वे आज आफ्ना स्टार खेलाडी कभानी बिनै मैदानमा उत्रिएको थियो ।
खेलको ४० औं मिनेटमा राफेल भारानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। फ्रिकिकबाट आएको बललाई राफेलले जाली चुमाउँदै फ्रान्सलाई अग्रता दिलाएका हुन्। लुकास हेर्नानडेजले नान्देजलाई फल गरेपछि फ्रान्सले फ्रिकिकको अवसर पाएको थियो । पहिलो हाफमा एक गोलले अगाडी रहेको फ्रान्सले दोश्रो हाफमा आफ्नो अग्रतालाई दोब्बर पार्यो।
फ्रान्सका ग्रिजम्यानले डिवक्सबाहिरबाट प्रहार गरेको बल मुलसेराले हल्का ढंगले लिन खोज्दा उनको हातमा डिफ्लेक्सट हुँदै पोस्टमा छिरेको थियो। फ्रान्सले अब फानल प्रवेशका लागि बेल्जियम र ब्राजिलबीचको खेलको विजेतासँग खेल्नेछ। ब्राजिल र बेल्जियमको खेल आज राती नेपाली समय अनुसार ११ः४५ मा हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
