स्वीडेन विश्वकपको क्वाटर फाइनलमा, स्वीजरल्याण्ड बाहिरियो

काठमाडौं । स्वीडेन विश्वकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रि क्वाटरफाइनल खेलमा स्वीडेनले स्वीजरल्याण्डमाथि १–० को जित निकाल्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको हो । स्वीडेनको जितमा ६६ औं मिनेटमा इमिल फोर्सबर्गले गरेको एकमात्र गोल खेलको जितका लागि निर्णायक बन्यो । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुवै टोलीले प्रतिस्पर्धात्मक खेलेका थिए ।

Advertisement

यस खेलसँगै स्वीडेन अघिल्लो चरण अर्थात क्वाटर फाइनलमा प्रवेश गरेको छ । स्वीजरल्याण्डको भने विश्वकप सपनामा पुर्ण विराम लागेको छ । अब स्वीडेनले कोलम्बिया र इंगल्याण्डबीचको विजेतासँग क्वाटर फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

कोलम्बिया र इंगल्याण्डको खेल आजै राति पौने १२ बजे सुरु हुनेछ ।

More News last news
Loading...