बलियो दाबेदार ब्रजिललाई रोक्न सर्बियालाई कति सहज ?

काठमाडौं । बुधबार समुह ई अन्तर्गत ब्रजिल र सर्वियाको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।

समुहमा ब्रजिल ४ अंकाका साथ बलियो अवस्थामा रहेको भए पनि माथिल्लो चरणमा पुग्ने निश्चित भने भइसकेको छैन तर सर्वियाको लागि माथिल्लो चरणमा पुग्नका लागि जित अनिवार्यजस्तै रहेको छ । बराबरीको नतिजामा माथिल्लो चरणमा पुग्नका लागि स्विट्जरल्याण्डले हार्नु पनि जरुरी हुन्छ ।

Advertisement

ब्रजिलको लागि पनि बुधबारको खेलमा अंक हासिल गर्नु जरुरी हुन्छ । पहिलो खेलमा बराबरी खेलेसँगै ब्रजिल नयाँ योजनाका साथ अघि बढिरहेको छ । यस्तोमा सर्वियाको लागि ब्रजिलसँगको खेलमा अंक हासिल गर्नु फलामको चिउरा चपाउनु सरह हुनेछ । पहिलो खेलमा स्विट्जरल्याण्डसँगको खेलमा बराबरीको नतिजा हासिल गरेको ब्रजिलले दोस्रो खेलमा कोस्टारिकालाई पराजित गरेको थियो ।

सर्वियाले भने आफ्नो पहिलो खेलमा कोस्टारिकालाई पराजित गरेको भए पनि दोस्रो खेलमा स्विट्जरल्याण्डसँग हारको सामना गरेको थियो । पछिल्लो समय प्रदर्शनको कुरालाई लिएर ब्रजिलको आलोचना भइरहेको अवस्थामा सर्वियासँगको खेलमा राम्रो प्रदर्शन गर्दै माथिल्लो चरणमा आफ्नो दबाब केही कम गर्ने ध्याउन्नमा ब्रजिल देखिन्छ ।

अहिलेसम्म सर्विया र ब्रजिलको बीचमा केवल एकपटक भेट भएको छ । सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा ब्रजिल १–० ले विजयी भएको थियो ।

More News last news
Loading...