एजेन्सी । नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच इंल्याण्डको लर्डसमा हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिएको छ।
आउँदो जुलाई २९ गतेदेखि हुने खेललाई मान्यता दिइएको आईसीसीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
नेपाल र नेदरल्याण्ड्सले एकदिवसीय मान्यता पाइसकेकाले पनि यो सिरिजलाई अन्तर्राष्ट्रिय ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजको मान्यता दिइएको आईसीसीले जनाएको छ।
यो मान्यतापछि नेपालले सन् २०१५ पछि पहिलोपटक आईसीसीको मान्यताप्राप्त ट्वेन्टी ट्वेन्टी खेल खेल्न पाउने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
