विश्वकप फुटबलमा आज चार खेलः चारै खेल रोमान्चक

काठमाडौं । विश्वकप फुटबलमा आज पनि चार खेल हुनेछन्। आज समूह सि र डि का अन्तिम चरणका लिग खेल हुनेछन्। नेपाली समय अनुसार वेलुकी पौने ८ बजे फ्रान्स र डेनमार्क तथा अष्ट्रेलिया र पेरु भिड्नेछन्।

फ्रान्स समुहमा लगातार दुई खेल जित्दै राउण्ड अफ सिक्सटिनमा छनोट भइसकेको छ भने ४ अंक जोडेको डेनमार्कलाई अर्को चरणको यात्रा पक्का गर्न आजको खेल कम्तिमा बराबरीमा सकाउनुपर्नेछ।

Advertisement

डेनमार्क पराजित भएको अवस्थामा भने समूहको अर्को खेलको नतिजा निर्णायक हुनेछ। समुहको अर्को खेलमा अस्ट्रेलिया र पेरु भिड्नेछन्। अष्ट्रेलियाको १ अंक छ भने पेरु अंकविहीन अवस्थामा रहेको छ।

आजै राति पौने १२ वजे अर्जेन्टिना र नाईजेरिया तथा आईसल्याण्ड र क्रोएसिया भिड्नेछन् । २ खेलबाट ६ अंक जोडेको क्रोएसिया राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ।

३ अंक जोडेको नाईजेरिया तथा १/१ अंक जोडेका आईसल्याण्ड र अर्जेन्टिना पनि अर्को चरणमा पुग्ने होडमा जिवित छन्।

अर्को चरणमा पुग्न अर्जेन्टिनाले आजको खेलमा नाईजेरियालाई हराउनुपर्नेछ । अर्को खेलमा आईसल्याण्ड क्रोएसियासँग पराजित वा कम्तिमा बराबरीमा रोकिनुपर्नेछ।

अर्जेन्टिना र आईसल्याण्ड दुबै टोली विजयी भएको अवस्थामा गोल अन्तरको आधारमा एक टोली छनोट हुनेछ ।

नाईजेरिया विजयी भएको अवस्थामा भने ऊ सोझै राउण्ड अफ सिक्स्टिनमा पुग्नेछ । यसको अर्थ अर्जेन्टिना र आईसल्याण्ड समुह चरणबाटै बाहिरिनेछन्।

More News last news
Loading...