नेइमारको चोट बल्झियो, विश्वकपको आगामी खेल गुमाउन सक्ने !

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रूसमा जारी विश्वकप फुटबलका आगामी खेल गुमाउन सक्ने भएका छन्।

विश्वकपको पहिलो खेलको क्रममा उनीमाथि भएका १० फलबाट केही घाइते भएका नेइमार अभ्यासको क्रममा दायाँ खुट्टाको दुखाई बढेकाले ब्राजिलको आगामी खेलमा उनी अनुपस्थित हुनसक्ने आशंका बढेको हो । मंगलबार अभ्यासका क्रममा पुरानै चोट बल्झिएपछि नेइमार फिजियोथेरापिस्टसँग गएका छन् । उनी त्यहाँबाट छिट्टै अभ्यासमा फर्कन टिमको विश्वास छ ।

Advertisement

पहिलो खेलमा ब्राजिलले १–१ को बराबरी खेलेको खेलमा नेइमारले गोल भने गर्न सकेका थिएनन्। तर उक्त खेलमा भएको फाउलहरुको कारण उनको गोलिगाँठोको चोट बल्झिएको हुनसक्ने बेलायती अनलाइन पत्रिका डेली मेलले जनाएको छ। स्विट्जरल्याण्डसँगको खेलमा नेयमारमाथि भएको फाउल सन् १९९८ पछि अहिलेसम्म कुनै पनि खेलाडीमाथि सबैभन्दा धेरै पटक गरिएको फाउल हो।

सन् १९९८ मा एलन सियर माथि ११ पटक फल भएको थियो। आगामी शुक्रबार ब्राजिलले कोस्टारिकासँग समूह चरणको दोस्रो खेल खेल्ने छ। समूहको दोस्रो खेलमा सम्भवत नेयमार खेल्ने छैनन्।

ब्राजिलका प्रशिक्षक टिटेले स्विट्जरल्याण्डसँगको खेलपछि विश्वको सबैभन्दा महंगा खेलाडीलाई कोस्टारिकासँगको खेलमा आराम दिन सक्ने समाचारमा भनिएको छ। गएको फेब्रुअरीमा नेयमारको खुट्टामा देखिएको चोटको कारण उनले त्यसयता लामो समय मैदान बाहिर बसेका थिए।

More News last news
Loading...