मेसीले पेनाल्टी मिस गर्दा आइसल्याण्डसँग बराबरीमा रोकियो अर्जेन्टिना

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत शनिबारको दोस्रो खेलमा अर्जेन्टिनाले पाएको पेनाल्टी मेसीले मिस गर्दा आइसल्याण्डसँग अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टी मेसीले मिस गरेका हुन्। मेसीको टिम अर्जेन्टिनाले खेलको १८ औँ मिनेटमा लिएको अग्रतालाई आइसल्याण्डले २३ औं मिनेटमा रोकेको थियो ।

Advertisement

अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले १८ औं मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाले गोल गरेको पाँच मिनेटमै आइसल्याण्डले बराबरी गोल फर्काएको थियो।

फन्नबोगासनले २३ औँ मिनेटमा आइसल्याण्डका लागि गोल गरेका हुन्।

More News last news
Loading...