विश्वकप फुटबल : अस्ट्रेलियालाई हराउँदै फ्रान्सको जीत

काठमाडौं । विश्वकप फुटबलको पहिलो खेलमा अस्ट्रेलियालाई हराउँदै फ्रान्सले जितेको छ।

समूह सीको आजको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियामाथि २–१ को जित हात पारेको हो । फ्रान्सले खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा अस्ट्रेलियाली खेलाडीले फ्रान्सका फवार्ड एन्टोनी ग्रिजम्यानलाई फल गर्दा रेफ्रीले पेनाल्टी दिएका थिएनन् । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) रिभ्यूले फ्रान्सलाई पेनाल्टी दिलायो ।

Advertisement

उम्टिटीले हाण्ड गरेपछि पाएको पेनाल्टीमा जेडिकनले बराबरी गोल गरे । बराबरीपछि फ्रान्स निकै दबाबमा थियो । तर, ८० औं मिनेटमा पल पोग्बाले गोल गरे । उनको प्रहार बारमा लागेर गोलमा परिणत भएको थियो ।

यसमा पनि रेफ्रीले शुरूमा गोल दिएका थिएनन् । तर, गोललाइन प्रविधिबाट गोल देखिएपछि पोग्बाको गोललाई मान्यता दिएको थियो ।

More News last news
Loading...