धनुषा – प्रदेश नम्बर २ सरकारले आउँदो आर्थिक वर्ष २०७५/०७५ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ ।
प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटको चालुतर्फ १४ अर्ब ९७ करोड ५६ लाख १३ हजार र पूँजीगततर्फ १५ अर्ब ३३ करोड १३ लाख २५ हजार रुपैयाँ बजेट रहेको छ ।
बजेटले सडक निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ । सरकारले पूर्वाधार विकासका लगि १ अर्ब २६ करोड रकम छुट्याएको छ । कृषिमा आत्मनिर्भर बनाउन ‘हर खेतमे पानी, हर हाथमे काम’ भन्ने नारासहित ५२ करोड बजेट विनियोजन गरेको छ । यस्तै युवालाई कृषिमा आकर्षित गर्न १६ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
