श्रीमती अर्कैसँग गएपछि श्रीमानको यस्तो कर्तुत !

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका–३ का धर्मनाथ राईले श्याममायाँ राईको बायाँ हात र दायाँ हातको ३ वटा औंला काटिदिएका छन्।

आफूलाई छाडेर अर्कैसँग विहे गरेको भन्दै ६५ बर्षका धर्मनाथले धारिलो हतियार प्रहार गरी ५० वर्षकी श्याम मायाँको हात र औंला काटेका हुन्।

Advertisement

करिव ३ महिनाअघि श्रीमतीले आफूलाई छाडेर गाउँकै एकराज राईसँग दोश्रो विवाह गरेपछि धर्मनाथले अनेक धम्की दिने गरेका थिए।

एकराजको अलैँची बगानमा रहेको कटेरोमा बसिरहेकी श्याममायाँलाई बाहिर निकालेर अचानोमा राखेर धर्मनाथले पुर्वपत्नीको दायाँ हातको पाखुरा मुनी र बायाँ हातको औंला काटेको प्रहरीले जनाएको छ।

घटना पछि धर्मनाथ फरार छन् भने सोही घटनामा संलग्न वर्ष २३ का अजय राईलाई प्रहरीले पक्राउ गरेको छ । घटना जेठ २२ गतेको भएपनि पछि मात्र सार्वजनिक भएको प्रहरीले जनाएको छ।

More News last news
Loading...