काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध नेपाली क्रिकेटर सन्दिप लामिछानले पहिलो खेलमा मैदान उत्रिन नपाउने भएका छन् ।
दिल्लीले मोहालीमा किंग्स इलावेन पञ्जावसँग खेल्दै छ । तर उनी आज मैदान उत्रिने खेलाडीको सूचिमा छैनन् । दिल्लीले चार जना विदेशी खेलाडी डेनियल क्रिस्टियन, कोलिन मुन्रो, क्रिश मोरिश र ट्रेन्ट बोल्टलाई खेलाएको छ । भारतीय स्पिनर अमित मिश्र पनि खेल्ने भएका कारण सन्दिपले मौका नपाएका हुन् ।
सन्दीप २० लाख भारुमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका हुन् । दिल्लीले एक मात्र स्पिनर अमित मिश्रलाई बलरका रुपमा आजको खेलमा छानेको छ । सन्दिपसँगै दिल्लीबाट अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलले पनि आजको खेल खेल्ने छैनन् ।
पञ्जावविरुद्ध मैदान उत्रिने दिल्लीको टिम :
गौतम गम्भिर (कप्तान)कोलिन मुन्रोराउल तेवतियाऋषभ पन्तश्रेयर अय्यरक्रिश मोरिशविजय शंकरअमित मिश्रमोहमद शामीट्रेन्ठ बोल्टडेनियल क्रिश्चियन
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
