काठमाडौँ । प्रख्यात भौतिकशास्त्री वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ ।
ब्ल्याक होल र बिग ब्याङ सिद्धान्तका क्षेत्रमा निकै महत्वपूर्ण योगदान दिएका हकिङलाई आइन्साइटनपछिको चर्चा प्राप्त थियो ।
हकिङसँग १२ वटा मानार्थ डिग्रि थिए भने उनलाई अमेरिकाको सबैभन्दा उच्च नागरिक सम्मान दिइएको थियो ।
केम्ब्रिज विश्वविद्यालयमा गणित र सैद्धान्तिक भौतिकशास्त्रका प्रोफेसर समेत रहेका स्टिफन हकिङले भौतिकशास्त्रमा पुर्याएको योगदान अतुलनीय रहेको छ ।
शारीरिकरुपमा अरुसरह हिंडडुल गर्न नसक्ने भएपनि उनको विद्धतालाई संसारभरिबाट सम्मान प्रकट गरिँदै आइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
