नुवाकोटको बस दुर्घटनामा दुईजनाको मृत्यु

नुवाकोट । नुवाकोटको पिपलटारमा आइतबार भएको बस दुर्घटनामा घाइतेहरुमध्ये २ जनाको उपचारको क्रममा ज्यान गएको छ।

विदुर नगरपालिका–५, पिपलटारकी ३० वर्षीय विना डंगोल र सोही वडाका देवीघाटका २७ वर्षीय इश्वर परियारको ग्राण्डी अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा २० जना घाइते भएका थिए।

Advertisement

घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई काठमाडौं पठाइएको थियो। १५ जना घाइतेहरुको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचार भइरहेको छ।

त्रिशूलीबाट देविघाट जादै गरेको बा १ ख ६५१९ नम्बरको बस विदुर नगरपालिका वडा नम्बर–५, पिपलटारमा आइतबार दिउँसो दुर्घटना भएको थियो।

More News last news
Loading...