नुवाकोट । नुवाकोटको पिपलटारमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
त्रिशुलीबाट देवीघाट जाँदै गरेको बा १ ख ६५१९ नम्बरको लोकल बस त्रिशुली–देवीघाट सडकखण्डमा पर्ने विदुरको पिपलटारमा आइतबार दिउँसो दुर्घटना हुँदा १७ जना घाइते भएका हुन्।
टायर उछिट्टिएर बस सडककै पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा घाइते १७ मध्ये गम्भीर अवस्थाका दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने १३ जना घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।
गम्भीर घाइते हुनेमा विदुर नपा-५ का २७ वर्षीय ईश्वर परियार र ३० वर्षीया बिना डंगोललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
