अमेरिकाले तोक्यो पाकिस्तानका ‘मोस्ट वान्टेड’ ३ आतंककारीको टाउकाको मूल्य

एजेन्सी । अमेरिकाले पाकिस्तानका तीन मोस्ट वान्टेड आतंककारीको टाउकोको मूल्य तोकेको छ।

अमेरिकाको एक राज्य विभागले तहरीक ए तालिवान पाकिस्तानी प्रमुख मौलाना फजलुल्लाहको पहिचान गर्ने वा उसका बारेमा कुनै जानकारी दिने व्यक्तिलाई ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको हो।

Advertisement

त्यस्तै अमेरिकाले जमात उल अहरारका आतंककारी अब्दुल वली र लश्कर ए इस्लामका आतंककारी मंगल बागका बारेमा जानकारी दिनेलाई ३० लाख डलर पुरस्कारको घोषणा गरेको छ।

अमेरिकाले आतंककारीको टाउकाको मूल्य तोकेको संयोग पनि अझ रमाइलो छ। पाकिस्तानका विदेश सचिव तहमीना जन्जुआ अमेरिका भ्रमणमा भएकै बेला अमेरिकाले यस्तो घोषण गरेको हो।

More News last news
Loading...