अन्तत: उत्तर कोरियासँग वार्ता गर्न तयार अमेरिका

बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गर्न तयार भएका छन्। दक्षिण कोरियाका राष्ट्रिय सल्लाहकार चुङ ईयू–योङले मे महिनामा ट्रम्प किम जोङ उनसँग भेट्ने बताएको बीबीसीले जनाएको छ। चुङले भने, ‘किम जोङ उनले भविष्यमा परमाणु बम र मिसाइल परीक्षण नगर्ने आश्वासन दिएका छन्।’

यो घोषणा एक दक्षिण कोरियाली प्रतिनिधिमण्डलले यही हप्ता उत्तर कोरियाका नेतासँग वार्ता गरेपछि भएको हो। एक पत्रकार सम्मेलनमा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले भने, ‘हामीले राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उन परमाणु निशस्त्रीकरणकालागि प्रतिबद्ध रहेको बतायौं। राष्ट्रपति ट्रम्पले त्यसको जवाफमा आफू मे महिनासम्म किम जोङ उनसँग भेटेर स्थायी परमाणु निशस्त्रीकरण हासिल गर्न चाहेको बताउनु भयो।’ उत्तर कोरिया र दक्षिण कोरियाबीच शीतकालीन ओलम्पिकपछि सम्बन्धमा सुधार आउन थालेको छ।

Advertisement

ट्रम्प र किमवीच हुने भनिएको भेटवार्तालाई असाधारण र अप्रत्यासित भनिएको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनसँग कुरा गरेपछि, ट्रम्प उत्तर कोरियाली नेता किमसँग भेटघाट गर्न सहमत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

दक्षिण कोरियाली टोलीसँगको भेटवार्तामा उत्तर कोरियाली नेता किम आफ्नो क्षेप्यास्त्र परीक्षण सहित निशस्त्रीकरणका लागि सहमत भएको दक्षिण कोरियाली अधिकारीहरुको दाबी छ । नेता किमले आफ्नो आणविका कार्यक्रम स्थगनका लागि अमेरिका र दक्षिण कोरियावीचको संयुक्त सैन्य अभ्यास रोक्नु पर्ने शर्त समेत नराखएको उनीहरुको दाबी छ ।

More News last news
Loading...