वार्तागर्न उत्तर कोरिया र अमेरिकालाई चीनको आग्रह

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गरेका छन्।

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आग्रह गरेको बताइएको छ। चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले भने, यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुनेछ।

Advertisement

विदेशमन्त्री यिले यसअघि पनि यी दुई देशलाई जतिसक्दो चाँडै वार्तागर्न आग्रह गर्दै आएका थिए। उनले उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमका बारेमा पनि दुई देशले वार्तागरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिँदै आएका थिए।

दक्षिण कोरियाका दुई जना विशेषदूत बिहीबारै संयुक्त राज्य अमेरिका प्रस्थान गरेलगत्तै यता चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको छ। त्यसैले उनको यो आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ।

हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्किएका दुईजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गर्नुभएको प्राप्त अर्को एक समाचारमा जनाइएको छ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र अर्का एकजना दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख बिहीबार अमेरिकाका लागि प्रस्थान गरेका हुन्।

उनहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउने बताइएको छ।

More News last news
Loading...