एउटा पछाडि परेको स्थानीय तह कसरी आमूल रूपान्तरण हुन सक्छ भन्ने गतिलो उदाहरण बनेको छ। अर्जुनचौपारी गाउँपालिका एक समय गुमनाम प्रायः रहेको यो पालिकाले पछिल्लो समय विकास, सुशासन र समृद्धिको क्षेत्रमा देशकैनिम्ति एक प्रेरणादायी मानक स्थापित भएको छ । युवा अध्यक्ष प्रकाश तिवारीको गतिशील नेतृत्व सम्हालेयसता अर्जुनचौपारीले विकासको क्षेत्रमा फड्को मारेको हो । भौतिक पूर्वाधारको अवस्था हेर्ने हो भने, पहिला नाम मात्रको पनि कालोपत्रे नभएको यो पालिकामा आज झण्डै ४२ किलोमिटरभ न्दाबढी सडक कालोपत्रे भइसकेको छ । पूर्वाधारको यो विस्तारले गाउँ र सहरको दूरी मात्र घटाएको छैन, समग्र स्थानीय जनजीवनलाई नै सहज बनाएको छ ।
विकासका यी बाछिटाहरू केवल सडकमा मात्र सीमित छैनन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि अर्जुनचौपारीले अभूतपूर्व सफलता हासिल गरेको छ। यहाँका शैक्षिक संस्थाहरूमा आएको गुणस्तरीय सुधारले पठनपाठनको शैली नै बदलिदिएको छभने स्वास्थ्य संस्थाहरू उत्कृष्ट सेवा प्रवाहका लागि जिल्लामै पुरस्कृत हुँदै आएका छन् ।
यसैगरी, पालिकामा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह मन्दिरले यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउँदै राष्ट्रियतथा अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सफल भएको छ । मन्दिरमा बढेको भक्तजनको भिड र सुधारिएको व्यवस्थापनप्रणालीका कारण अर्जुनचौपारी मात्र होइन, समग्र सिद्धार्थ राजमार्ग आसपासको क्षेत्रको अर्थतन्त्रसमेत चलायमान बनेको छ।कुशासन, अन्योल र पछाडि परेको अवस्थाबाट माथि उठ्दै अर्जुनचौपारीले आज प्रशासनिक पारदर्शिता र सुशासनको गतिलो अनुभूति गराएको छ। यहाँ शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदा अपराध दरमा समेत कमी आएको छ ।
नेपाल सरकारका विभिन्न मूल्यांकन सूचकहरूमा यो पालिका कहिले पुछारमा हुन्थ्यो भने आज जिल्ला प्रथम, प्रदेश प्रथम हुँदैराष्ट्रियस्तरमै लगातार उत्कृष्टको अग्र सुचीमा समावेश छ । गुमनामबाट देशकै एक चर्चित र अनुकरणीय पालिकाको रूपमाउदाएको यो परिवर्तनको मुख्य सुत्रधार युवा नेतृत्व प्रकाश तिवारीको अठोट र स्पष्ट भिजन हो । अर्जुनचौपारीको यो सफलताले यो कुरा प्रष्ट पारेको छ कि, यदि दृढ इच्छाशक्ति, इमानदारी र काम गर्ने हुटहुटी भयो भने स्थानीयस्तरमै पनिचमत्कारिक रूपान्तरण सम्भव छ। अर्जुनचौपारी आज त्यही सपना र यथार्थको सुन्दर संगम बनेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
