आकर्षक डिजाइनदेखि गुणस्तरसम्मः घरजग्गा मेलामा लामिनारप्रति देखिएको दर्शकको चासो

घर निर्माण गर्दा होस् वा व्यावसायिक भवन निर्माण गर्दा, भूँइदेखि भित्तासम्म टायल लगाउने चलन छ । मानिसले केवल घरको सुन्दरताको साथै सुरक्षाको लागि पनि टायल लगाउने गर्दछन् । त्यसैले टायल छनोट गर्दा अब रङ र डिजाइन मात्र पर्याप्त हुँदैन। टायलका सतहको बनावट, टिकाउपन, पानी सोस्ने क्षमता, प्रयोग गर्ने स्थान, मर्मत र मूल्यअनुसारको गुणस्तर पनि उपभोक्ताको निर्णयका महत्त्वपूर्ण आधार बन्दै गएका छन् ।

भृकुटीमण्डपमा आयोजित नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा लामिनार टायल्सको स्टलमा देखिएको भिड र चासोले पनि मानिसको चाहना र आवश्यकता कस्तो रहेछ भन्ने कुरा स्पष्टसँग देखाएको छ । मेलामा आगन्तुकले टायल हेर्नेमात्र होइन, छोएर त्यसको सतह महसुस गर्ने, विभिन्न डिजाइन अवलोकन गर्ने तथा उत्पादन प्रविधि र प्रयोगबारे जानकारीलिने गरेको देखियो । विशेषगरी लामिनारका टायल नेपालमै उत्पादन हुन्छ भन्ने कुराले सबैको ध्यान खिँचेको देखिएको छ ।अन्तर्राष्ट्रिय मुलुकका उत्पादनलाई समेत टक्कर दिन सक्ने टायल नेपालमै उत्पादन हुने रहेछ भन्ने थाहा पाउँदा अवलोकनगर्न आउने सबै उत्साहित देखिएका थिए । कतिपयले त लामिनाको टायल प्रायोग गरिसकेपछि टायलको विशेषता अरुलाई सुनाउँदै थिए ।

Advertisement

लामिनार, लुम्बिनी सेरामिक्स लिमिटेडअन्तर्गतको ब्रान्ड हो। यसका फुल्ली भिट्रिफाइड टायल बर्दियाको गुलरियास्थित कारखानामा उत्पादन हुन्छन् । कम्पनीले स्पेन र इटालीबाट ल्याइएका ग्लेज तथा आधुनिक डिजिटल मसी प्रविधि प्रयोग गरेरनेपालमै टायल उत्पादन गर्दै आएको छ।

डिजाइनसँगै गुणस्तर र प्रविधिमा चासो

प्रदर्शनीमा कसैलाई डिजाइनले आकर्षित गर्‍यो भने कसैले सतहको फिनिस र फरक प्रयोगका लागि उपलब्ध विकल्प रहेछ भन्ने बुझियो । यसका साथै कुराकानी अघि बढ्दै जाँदा टायलको डिजाइनसँगै गुणस्तर, टिकाउपन, मूल्य र प्रयोगअनुसार सही टायल छनोट गर्ने विषय पनि महत्वपूर्ण रहेछ भन्ने कुराको पनि जानकारी भयो । लामिनारले आफ्नो पोर्टफोलियोलाईपनि केवल रङ र बुट्टामा सीमित नराखी आवश्यकता र प्राविधिक कार्यसम्पादन अनुसार विभिन्न सतहमा निर्माण गरेको छ ।भिट्रोना टायालले मार्बल, ढुङ्गा र कङ्क्रिटजस्ता सामग्रीको चरित्रलाई सेरामिक डिजाइनमा प्रस्तुत गर्छ भने ट्रेसोले काठको न्यानोपनका साथै प्राकृतिक डिजाइनलाई सतहमा उतार्छ । गुणस्तरका हिसाबले लुम्बिनी सेरामिक्सका लामिनार र क्रेस्टाटायल्सले एनएस ६१७ः२०८२ अन्तर्गत नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका छन् ।

टायलको डिजाइन र चमक आँखाले देखिन्छ, तर गुणस्तरका सबै पक्ष बाहिरबाट छुट्याउन सकिँदैनन् । लामिनारको प्राविधिक विवरण अनुसार परीक्षणमा यसको पानी सोस्ने दर ०.०२५ प्रतिशत देखिएको छ। त्यस्तै घनत्व २.३० ग्राम प्रति घन सेन्टिमिटर र मोडिँदा सहने शक्ति ४४ न्यूटन प्रति वर्ग मिलिमिटर रहेको उल्लेख छ । यी तथ्यले टायलको मूल्यांकन बाहिरी स्वरूपसँगै सामग्रीको घनत्व, कम छिद्रता, टिकाउपनमा पनि निर्भर हुन्छ भन्ने देखाउछ । प्रदर्शनीमा लामिनारका टायल नेपालमै उत्पादन हुने जानकारीले आगन्तुकमा थप जिज्ञासा सिर्जना गरेको देखियो। आकर्षक डिजाइन र परिष्कृत फिनिसभएका टायललाई विदेशी उत्पादन ठान्ने पुरानो बुझाइबीच नेपालमै आधुनिक प्रविधिबाट फुल्ली भिट्रिफाइड टायल उत्पादन भइरहेको तथ्यले स्वदेशी उत्पादनलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर दिएको छ ।

फरक ठाउँका लागि फरक सतह, आवश्यकता अनुसार टायल छनोट

एउटै प्रकारको टायल सबै ठाउँमा उपयुक्त हुँदैन। बाथरुप, बैठक कोठा, हल, होटल, कार्यालय, बाहिरी टेरेस वा धेरैआवतजावत हुने क्षेत्रमा आवश्यकता अनुसार टायल छनोट गर्न सकिन्छ । लामिनारको स्योरस्टेप सतह प्रविधि बाथरुम तथापानी परिरहने ठाउँमा विषेश प्रयोग गर्न निर्माण गरिएको छ । बाहिरी टेरेस, बाल्कोनी, आँगन, बाटो र पोखरी आसपासकालागि ग्रिप९ टायल निर्माण गरिएको छ । धेरै आवतजावत हुने व्यावसायिक तथा संस्थागत क्षेत्रलाई लक्षित गरी सेन्ट्रो टायलनिर्माण गरिएको छ ।

उपभोक्ताको छनोट पनि विस्तारै मूल्य वा डिजाइनमा मात्र सीमित नरही डिजाइन, प्रयोगको स्थान, प्राविधिक कार्यसम्पादन, टिकाउपन, मर्मत र मूल्यको समग्र सन्तुलनतर्फ केन्द्रित हुँदै गएको देखिन्छ । भृकुटीमण्डपको प्रदर्शनीले यही परिवर्तनकोएउटा झलक दियो। आगन्तुकले टायल हेरे, छोए, तुलना गरे र प्रश्न गरे । उनीहरूले नेपालमै बनेको टायललाई केवल ‘स्वदेशीउत्पादन’ का रूपमा होइन, डिजाइन, गुणस्तर र कार्यसम्पादनका आधारमा बुझ्ने अवसर पाए ।

यसले नेपाली उपभोक्ताका लागि टायल छनोटको प्रश्न अब केवल ‘स्वदेशी कि विदेशी?’ नभई ‘मेरो प्रयोगका लागि सहीसामग्री कुन हो?’ भन्नेतर्फ अघि बढिरहेको संकेत गर्छ ।

More News last news
Loading...