सर्वाधिक मतको विरासतसहित राजु थापा पुन: मैदानमा

नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संविधानसभा सदस्य राजु थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागिस्याङ्जा–१ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन् । १४औँ महाधिवेशनमा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थापा यसपटक पनि सोही क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । पार्टी संगठनमा लामो समयदेखि सक्रिय थापा हाल नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सभापतिको जिम्मेवारीमा छन् ।

जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्दै पार्टी संगठन र कार्यकर्तामाझ सक्रिय रहेका थापाको महाधिवेशन प्रतिनिधिको उम्मेदवारीलाई स्याङ्जा कांग्रेसको आगामी आन्तरिक नेतृत्वसँग जोडेर हेरिएको छ ।

Advertisement

कांग्रेसभित्र थापालाई आगामी जिल्ला सभापतिका सम्भावित दाबेदारका रूपमा समेत हेरिएको छ । यद्यपि उनले जिल्ला सभापतिको उम्मेदवारीबारे औपचारिक घोषणा गरिसकेका छैनन् । महाधिवेशन प्रतिनिधिका रूपमा उनको पुनः उम्मेदवारीले भने आगामी जिल्ला नेतृत्वबारेको बहसलाई थप चासोको विषय बनाएको छ।

More News last news
Loading...