स्याङ्जामा तरुण दलको खुला रक्तदान कार्यक्रम

नेपाल तरुण दल जिल्ला कार्यसमिति स्याङ्जाले मानवीय सेवाको उद्देश्यसहित खुला रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रम भोलि अर्थात् बुधबार बिहान ७ बजेदेखि भिरकोट नगरपालिका, प्रगतिटोल, बयरघारीमा सञ्चालन हुने आयोजकले जनाएको छ।

रक्तदान मार्फत आवश्यक रगतको अभाव पूर्ति गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। आयोजकले कार्यक्रममा सहभागी भई रक्तदान गर्न सम्पूर्ण इच्छुक महानुभावलाई आग्रह समेत गरेको छ।

Advertisement

More News last news
Loading...