काठमाडौँ l बेलायतबाट नेपाल आएकी अमिता शेर्पा गोसाइँकुण्ड जाने क्रममा रसुवाबाट सम्पर्कविहीन भएकी छिन्।
एक औपचारिक कार्यक्रमका लागि नेपाल आएकी शेर्पा बाढी आएको दिन बिहान ९ बजे रसुवा नाकामा थिइन् र सोही समयमा परिवारसँग उनको अन्तिम पटक कुराकानी भएको थियो। त्यसयता उनको अवस्था अज्ञात रहेको छ।
युकेमा बसोबास गर्दै आएको उनको परिवार यस घटनाले अत्यन्तै विक्षिप्त र चिन्तित बनेको छ। परिवारले सम्बन्धित निकाय, सुरक्षाकर्मी र स्थानीयवासीलाई उनको खोजी तथा उद्धार कार्यमा यथाशीघ्र सहयोग गरिदिनुहुन हार्दिक अपिल गरेको छ।
उनको बारेमा कुनै पनि जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा यो 9841437063 नम्बरमा खबर गरिदिनुहुन अनुरोध गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
