यति पेन्ट्स मकवानपुरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित

मकवानपुर । पेन्ट्स उत्पादक स्वदेशी कम्पनी यति पेन्ट्स प्रा.लि. आन्तरिक राजस्व कार्यालय हेटौडा, मकवानपुरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/८२ को आय विवरण अनुसार कार्यलयको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रियअर्थतन्त्रमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो । १५ औं राष्ट्रिय कर दिवस २०८३ को अवसरमा कम्पनीलाई सम्मानपत्र प्रदान गरिएको हो । यति पेन्ट्सले यसअघि आर्थिक वर्ष २०७९/८० मा पनि उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको थियो । उत्कृष्ट करदाता बन्न सफल हुनुले कम्पनीको व्यावसायिक पारदर्शिता, करप्रतिको जिम्मेवारी रराज्यप्रतिको दायित्वलाई थप पुष्टि गरेको यति पेन्ट्सका अध्यक्ष झलक बहादुर केसीले जानकारी दिए ।

सम्मान ग्रहणपछि अध्यक्ष केसीले उत्कृष्ट करदाता बनेर राज्यलाई आर्थिक रूपमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।व्यवसाय सञ्चालनसागै राज्यप्रतिको दायित्व पूरा गर्नु प्रत्येक उद्यमी तथा व्यवसायीको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँलेकर तिर्ने संस्कृतिको विकासले मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्ने बताए । समयमै पारदर्शी रुपमा कर तिरेर देशको विकासमा योगदान गर्न पाउनु गर्वको विषय भएको महाप्रवन्धक श्रीहरि मास्केले बताए । राज्यका तर्फबाट प्राप्त सम्मानले देशको विकासका लागि कर तिर्न थप प्रोत्साहन मिलेको मास्केको भनाई छ ।

Advertisement

स्वदेशी लगानीमा सञ्चालित यति पेन्ट्सले नेपाली बजारमा आफ्ना उत्पादन विस्तार गर्दै आएको छ । कम्पनीले गुणस्तरीय उत्पादन र व्यावसायिक सेवासागै राज्यलाई नियमित कर योगदान गर्दै आएको जनाएको छ । राज्यबाट प्राप्त सम्मानले स्वदेशी उद्योगहरूलाई कर अनुपालन, व्यावसायिक पारदर्शिता र जिम्मेवार उद्यमशीलताका लागि थप प्रोत्साहन गर्ने अपेक्षागरिएको छ ।

More News last news
Loading...