स्याङ्जा चेम्बर अफ कमर्स स्याङ्जाले सरुवा भएर संखुवासभा जान लागेका स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई फेरी भेटौंला कार्यक्रम गर्दै बिदाई गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी चेम्बर स्याङ्जाले फेरी भेटौंला कार्यक्रम गर्दै अर्याललाई शुभकामना व्यक्त गरेको हो ।
कार्यक्रममा चेम्बर स्याङ्जाले प्रजिअ अर्यालको स्याङ्जा बसाई र पुर्याएको सहयोगको लागि धन्यवाद व्यक्त गर्यो । सोहि क्रममा प्रजिअ अर्यालले स्याङ्जा बसाईका क्रममा स्याङ्जाका संघ संस्थाहरुले गरेको सहयोग र समन्वयप्रति कृतज्ञता प्रकट गरेका थिए ।
कार्यक्रममा चेम्बर अफ कमर्स स्याङ्जाका संस्थापक अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्स महासंघका केन्द्रिय सदस्य नन्दकुमारी लम्साल, संस्थाका वरिष्ठ सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य दिपकलम्साल,निवर्तमान अध्यक्ष लोकनाथ रेग्मी,पत्रकार महासंघका पूर्व अध्यक्ष ओम प्रकाश शर्मा लगायतले शुभकामना व्यक्त गरे । चेम्बर स्याङ्जाका वरिष्ठ उपाध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव ओमप्रसाद पौडेललेसंचालन गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
