स्याङ्जाको पुतलीबजारमा निशुल्क मन्टेश्वरी तालिम सुरु

पुतलीबजारमा निशुल्क मन्टेश्वरी तालिम सुरु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको आयोजना, राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानसंगको समन्वय एवम् जिनियस मल्टिटेक्नीकल प्रा लि को प्राविधिक सहयोगमा सन्चालन हुने तालिमको बिहिबार शुभारम्भ भएको हो ।

पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श नमुना मा विको सभाहलमा एक कार्यक्रमका बिच पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले सो तालिमको शुभारम्भ गरेका हुन ।

Advertisement

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना, प्रशिक्षार्थी निसा जि सी ले शुभकामना मन्तव्य व्यक्त गरे । ३ सय ९० घण्टा सन्चालन हुने तालिममा २१ जना प्रशिक्षार्थी सहभागी रहेका छन ।

More News last news
Loading...